- भदौ ११, २०८१
फाइल तस्विर
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका सम्पूर्ण खेलले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक ‘लिस्ट ए टी–२)’ मान्यता पाउने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार यही कात्तिक ( गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय, अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने एनपिएलका सबै खेलले उक्त मान्यता भएका हुन् ।
आइसिसीको ‘लिस्ट ए टी–२)’ मान्यता प्राप्त भएपछि एनपिएलका खेलमा खेलाडीले गरेको प्रदर्शन आधिकारिक टी–२) तथ्याङ्कमा समावेश हुनेछ ।
‘लिस्ट ए टी–२)’ को आधिकारिक मान्यता प्राप्त गरेको हुँदा यसले नेपाली क्रिकेटको विकास, व्यावसायिकता तथा अन्तरराष्ट्रिय पहिचान अभिवृद्धिमा थप योगदान पुर्याउने क्यानका सचिव पारस खड्काले बताए ।
एनपिएलको तेस्रो संस्करण कात्तिक ( देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ । यसपालि पनि लिगमा आठवटा टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
टिप्पणीहरू: