- असार ०६, २०८०
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर सडक भासिँदा यातायात अवरुद्ध भएकाे छ ।
सडक भासिएसँगै काठमाडौँ नारायणगढ यातायात अवरुद्ध भएकाे छ ।
भोटेकोशी नदीमा आज बिहान आएको बाढीको बहावले कृष्णभीरमा तलबाट सडक कटान भएपछि यातायात सञ्चालन रोकिएको हो ।
धादिङ प्रहरीले सूचना जारी गर्दै आज बिहान रसुवा जिल्लाबाट एक्कासी आएको बाढीले बेनिघाट रोराङ गाउँपालिका वडा नं ७ कृष्णभिरस्थित पृथ्वी राजमार्ग भासिन गई जोखिम भएकोले सवारी साधन आवतजावतमा रोक लगाइएको जानकारी दिएको छ ।
टिप्पणीहरू: