बुधबार, २८ असोज २०८३

साउदी अरबका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत


काठमाडौं । साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदनका लागि अस्वीकृत भएको छ ।

जर्मनीबाट डिपोर्ट गरिएको लगायतका विभिन्न विवरण प्रश्न उठेपछि उनको नाम अस्वीकृत भएको हो ।

उनीमाथि विभिन्न बुँदामा आरोपहरू लागेका थिए । ती आरोपहरूबारे संसदीय समितिमा पनि छलफल भएको थियो ।

छलफलपछि समितिले निर्णय सुनाउँदै उनको नाम अस्वीकृत भएको जानकारी गराएको छ ।

 उनकाे विषयमा विवाहेत्तर सम्बन्ध राखेको, जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर मेलमिलाप गर्दै पूर्वप्रेमीसँग सम्बन्ध तोडेपछि पनि यातना, धम्की र आत्महत्या गर्न दबाब दिएकोलगायतका आराेप लागेकाे थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ