आइतबार, १४ भदौ २०८३

भोटेकोशीकाे बाढीले त्रिशूलीमा पानीकाे वहाब बढ्याे


काठमाडौँ । विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् ।

“ सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ । रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पु-याउनु पनि उत्तिकै आवश्यक छ,”  ।

बितेका नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएकाले धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ ।

“हिमपहिरो खसेको ठाउँमा बनेको ताल र त्यसमा मिसिने खोल्साहरू पनि लगातारको वर्षाले भरिने र बग्ने हुँदा बेलाबेलामा बाढीको जोखिम बढेको हो,” उपाध्यायले भने। 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ