- भदौ ०१, २०८१
काठमाडौँ । कलाकार सागर लम्साल 'बले'माथि बलात्कारको आरोप लागेको छ । आफ्नै साथीको छोरीलाई बलेले बलात्कार गरेको अभियोग लागेको हो । अमेरिकामा बस्दै आएकी एक युवतीले बलेबाट आफू बलात्कारमा परेको भन्दै सामाजिक सञ्जालमार्फत पीडा व्यक्त गरेकी छिन् ।
युवतीले फेसबुकमा लामो स्टाटस लेख्दै आफ्नो जीवनको अत्यन्त कठिन समयमा आफूले विश्वास गरेका व्यक्तिबाट नै बलात्कारमा परेको लेखेकी छिन् । युवतीकाे भनाई अनुसार सानैदेखि डिप्रेसन र एन्जाइटीसँग संघर्ष गरिरहेकी उनी अमेरिका पुगेपछि मानसिक अवस्था झन् जटिल बनेको थियो । उनी अस्पतालमा समेत भर्ना भएकाे उल्लेख छ।
अस्पतालबाट डिस्चार्ज भएपछि केही परिचित व्यक्तिहरूसँग भेटघाट भएको र त्यही क्रममा आफूले ‘दाइ’ भनेर विश्वास गरेका बलेले अपार्टमेन्टमा बलात्कार गरेको उनको भनाइ छ ।
युवतीकाे स्टाटस सार्वजनिक भए लगत्तै नेपाली चलचित्र वृत्तमा नयाँ बहस सुरु भएकाे छ 'काे कति बेला जेल जान पर्ने हाे' भन्नेमा ।
टिप्पणीहरू: