सोमबार, ०८ पुस २०८१

रामकृष्णको गीतमा अभिनय गर्दा दिलिप रायमाझीले आफ्नै पिडा भेटेपछि...


काठमाडौं, १४ असोज । नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘जीवनको हिसाब’ सार्वजनिक भएको छ । काठमाडौंको प्रज्ञा साउण्डमा रेकर्ड गरिएको गीतमा मनोज खड्काको शब्द, डेनी निरौलाको संगीत, किरण कँडेलको एरेन्ज तथा शम्भु तण्डुकारको मिक्सिङ र रेकर्डिङ छ ।

अष्ट्रेलियाको सिडनीमा आयोजित एक वृहत सांगीतिक कार्यक्रममा यो गीतको भिडियो गायक ढकालले सार्वजनिक गरेका छन् । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको भिडियोमा अभिनेता दिलीप रायमाझी र मोडल सविना थपलिया फिचरिङ छन् ।


भिडीयोमा दिलिप रायामाझीले परदेशिएका नेपालीको भौतिक र मानसिक दुखः पीडालाई ज्वलन्तरूपमा प्रस्तुत गरेका छन् । उनी यो गीत आफ्नो जीवनमा समेत धेरै हदसम्म मेल खाएको ठान्छन् ।

उनले भने, ‘देशको माया त धेरै हुन्छ तर यथार्थमा त्यो मायाले पेट नभर्ने रहेछ, यस्तै पिडामा समाज र परिवारसँग बिछोडिएका नेपाली चाँडो जन्मभूमी फर्केर पुनर्मिलनको वातावरण बनोस् ।’

परदेशिएका नेपालीहरुमा समर्पित गीतमा घर छोडेर परदेशिए पछिको पीडालाई यथार्थपरकरुपमा चित्रण गरेको छ । नेपालमा तयार भएको अडियोको भिडियो नेपाल र अमेरिकाको विभिन्न स्थानहरुमा छायांकन गरिएको छ ।

भिडियोमा घनेन्द्र रसाईलीको निर्देशन, राजेन्द्र विष्टको छायांकन, र सुक कालिकोटेको प्रोडक्सन डिजाइन छ । भिडियोको पोस्ट प्रोडक्सन ड्रागन प्रोडक्सनमा गरिएको छ । गीतकार खड्का हाल अमेरिकी अन्तर्राष्ट्रीय नियोग यूएसएड्को मुख्यालय वासिङ्टन डीसीमा कार्यरत छन् । गीतकार खड्काले नेपालको हरेक परिवारका कोही न कोही सदस्य विदेशमा रहेकाले सम्बन्धित व्यक्ति तथा परिवारका लागि गीतले छुने बताए । 



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ