मङ्गलबार, १३ साउन २०८२

जोनी लिभरकी छोरीलाई जुम अडिसनमा प्रश्न : लुगा खोल्न सक्छौ ?


मुम्बई । कमेडियन जोनी लिभरकी छोरी एवं नायिका जेमी लिभरले अडिसनको क्रममा भोगेको नमिठो घटना शेयर गरेकी छिन् । उनको भनाई अनुसार एकपटक भिडियो कलमा कपडा उतार्न आग्रह गरेका थिए ।

उनका अनुसार यो घटना त्यति बेला भएको थियो । जति बेला उनको मेनेजर थिएन । उनी आफैं कामका लागि विभिन्न एजेन्सीहरुमा सम्पर्क गर्थिन् । सोही क्रममा एक दिन एउटा फोन आयो । फोन गर्नेले आफुलाई अन्तराष्ट्रिय फिल्म निर्देशक भनेर चिनाए र कामक लागि प्रस्ताव गरे । जिमीले हुन्छ भनिन् ।
उनले त्यसो भनिसकेपछि फोन गर्ने व्यक्तिले भने ‘म त स्टाफ हुँ तपाईलाई डाइरेक्टरको फोन आउछ । उठाउनु होला ।’

निर्देशकको फान आयो जिमीले स्क्रिप्टको कुरा गरिन् तर, निर्देशकले तत्काल स्क्रिप्ट नपाइने भन्दै इम्प्रेस पार्नु पर्ने खालको दृष्य रहेको कुरा गरिन् ।
कस्तो खालको दृष्य हो भनेपनि निर्देशकले कुरा गर्दै भने ‘एकजना ५० वर्षको पुरुषलाई इम्प्रेस गर्नुपर्ने छ । यसका लागि तिमीले कपडा उतार्नु पर्ने छ ।’
कपडा उतार्ने कुराको जिमीले कुनै प्रतिक्रिया दिइनन् । निर्देशकले यो पनि भने ‘त्यती गर्न सक्दिनौ भने तिमी अन्य कामका लागि स्वतन्त्र छ्यौ ।’
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ