- भदौ ०१, २०८१
काठमाडाैं । नायिका तथा मोडल कविता नेपालीलाई उनको जन्मदिनको अवसर पारेर निर्देशक रुपेश तामाङले नयाँ फिल्ममा अनुवन्धित गरेका छन् । रुपेशले निर्देशन गर्न लागेको फिल्म ‘एक्का तीन’मा कविता नेपाली मुख्य नायिकाको रुपमा अनुवन्धित भएकी हुन् ।
यो फिल्ममा यसअघि नै नायिका पूजा शर्मा र नायक पुष्प खड्का फाइनल भइसकेका छन् । भदौबाट छायांकनमा जाने यो फिल्मका लागि मुख्य तीन कलाकारहरुको लाइनअप पुरा भएको छ ।
कविता भित्रिएपछि निर्देशक तामाङले भने–‘यो एक्सन जनराको फिल्म हो । कविताजीको एक्सनलाई पनि दर्शकले रुचाएका छन् । यसैले, उहाँलाई हामीले उहाँकै जन्मदिनको अवसरमा अनुवन्धित गरेका हौं ।’
फिल्ममा पूजा र कविताबिच कडा टक्कर हुने निर्देशक तामाङको भनाई छ । तीन पात्रको कथामा तयार हुन लागेको यो फिल्मलाई जुना फिल्मस् र अधिरा फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई सुमन गजमेरले लेखेका हुन् ।
कविताले यसअघि फिल्म ‘एक्लो’मा काम गरिसकेकी छिन् । उनको एक्सनलाई दर्शकले यो फिल्ममा रुचाएका थिए ।
टिप्पणीहरू: