शनिबार, २४ जेठ २०८२

‘आ बाट आमा’मा  पल शाह अनुबन्ध


काठमाडौँ । लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा  पल शाह अनुबन्ध भएका छन्। 

यसअघि  फिल्ममा आमाको भुमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ह्रस्वदीर्घ’मार्फत विपनालाई १६ वर्षको अन्तरालमा पुनरागमन गराएका थिए।  

निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन्।

अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोष्टर केहि दिनअघि सार्वजनिक भएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। फिल्मले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। यस फिल्ममा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरुको पनि टुङ्गो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार यो फिल्म आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रुपमा नै प्रदर्शनमा आउने छ।

पल शाह पछिल्लाे समय असफल अभिनेताकाे रुपमा स्थापित छन् । उनले अभिनय गरेकाे मायावी व्यापारिक रुपमा असफल भएकाे थियाे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ