शनिबार, २४ जेठ २०८२

मोटरसाइकल पुलबाट खस्दा युवकको मृत्यु


सांकेतिक तस्बिर

सर्लाही। बरहथवा नगरपालिका–१७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

कटानीबाट कडरिया टोलतर्फ जाँदै गर्दा ना ४६ प २८२० नम्बरको मोटरसाइकल आज बिहान पुलबाट खस्दा मलङ्गवा नगरपालिका–४ निवासी ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए।

टाउको, निधार र दुबै आँखामाथि गहिरो चोट लागेका रायलाई बरहथवामा प्राथमिक उपचारपछि बारास्थित एलएस न्युरो अस्पताल लगिएको थियो। उपचारका क्रममा निजको मृत्यु भएको उनले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ