सोमबार, ०८ पुस २०८१

प्रियंका कार्कीले अभिनय गरेकाे हरर फिल्म


काठमाडौँ, १९ मङ्सिर । समर निरौलाले पहिलो निर्देशकीय चलचित्र ‘मम्मी’ ‘हरर’ विधामा तयार गरेका छन्। नेपालमा यस विधालाई हेर्ने दर्शक भएता पनि प्राविधिक कठिनाइका कारण यस्ता चलचित्र निकै कम बन्ने गरेका छन् । 

नेपालमा ‘हरर’ विधामा निर्माण भएका विदेशीसँगै स्वदेशी चलचित्रले राम्रो कमाइ गरेता पनि निर्माणमा सुस्तता देखिनु प्राविधिक कठिनाइलाई मुख्य कारण मानिएको छ । 

चलचित्रका निर्देशक निरौलाले ‘मम्मी’ चलचित्रलाई हरेक पक्षमा उत्कृष्ट बनाउने प्रयास गरेको बताए । “हामीले बनिरहेका नेपाली चलचित्रभन्दा केही फरक गर्ने प्रयास गरेका छौँ । यो एउटा परिवारको कथा हो । कुकुरको निधन भएपछि आउने घटनाक्रमलाई यसमा देखाएका छौँ ।” उनले भने ।

उहाँले चलचित्रको प्रचारप्रसार सामग्रीलाई फरक बनाउने प्रयास गरेको बताए । यस चलचित्रमा अभिनेत्री प्रियङ्का कार्की, दीया मास्के, सुलक्षण भारती, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाललगायत कलाकारले अभिनय गरेका छन् । प्रियंकाकाे हरर फिल्म याे पहिलाे हाे । 

निर्देशक निरौलाकै लेखन रहेको चलचित्रमा निशल पौडेल र शरद महतोले छायाङ्कन, दीपेश चौधरीले रङ्ग संयोजन, सुरेन महर्जनले सम्पादन गरेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ