मङ्गलबार, ०५ फागुन २०८२

विकल पौडेलको मुद्दामा प्रमाण झिकाउने आदेश


काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध दायर मुद्दामा प्रमाण कागज झिकाउने आदेश गरेको छ ।

मंगलबार न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रमाणका कागजात झिकाउन आदेश गरेको हो ।

पौडेलविरुद्ध ६२ करोड १९ लाख १८ हजार ६८४ रुपैयाँ २९ पैसा बराबर गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले पौडेलसहित उनकी पत्नी एलिना बस्नेत, बाबु धर्मप्रसाद र आमा शितललाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

अख्तियारले पौडेलले आपूर्तिकर्ताबाट लिएको कमिसनबापतको रकम परिवारका सदस्य र विभिन्न व्यक्तिको नाममा परिचालन गरेको दाबी गरेको छ ।

पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रमा इञ्जिनियरको रूपमा कार्यरत थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ