सोमबार, ०८ पुस २०८१

मौसमी खोकी लाग्यो यसरी गर्नुस् घरेलु उपचार


काठमाडौं । काठमाडौंमा गर्मी सकिएर जाडो सुरु हुन लागेकाले स्वास्थ्यमा समस्या देखिन सक्छ । मौसमको उतार चढाबमा मान्छेहरुलाई सबै भन्दा धेरै सताउने रुघा खोकीले हो । खोकी लागि सकेपछि निको हुन केही दिन लाग्ने भएकाले पनि सावधानी अपनाउनु पर्छ । यति गर्दा गर्दै पनि खोकी लागि हाल्यो भने केही घरेलु उपाय पनि छ । जसले खोकी निको बनाउन मद्दत गर्छ ।

मह र कागतीको रास

महमा एकखालको प्राकृतिक जीवाणुविरोधी गुण हुन्छ जसले खोकी लागेको बेला सेवन गर्दा  घाँटी खस खस हुन दिँदैन । खोकी कम गर्न मद्दत गर्दछ । कागतीमा भिटामिन सी पाइन्छ । यसले शरिरमा प्रतिरक्षा प्रणाली बढाउँछ  एक कप तातो पानीमा आधा कागतीको रसमा एक चम्चा मह मिसाएर खान सकिन्छ । यसरी बनाएको रस दिनको दुईपटक पिउन सकिन्छ ।

तातो अदुवाको चिया

घरेलु उपचारका लागि अदुवा आफैंमा एउटा शक्ति हो । यसमा हुने एन्टी–इन्फ्लेमेटरी र एन्टिमाइक्रोबियल गुणले संक्रमण हुनबाट बचाउछ । खोकी नियन्त्रण गर्न काम गर्छ । ताजा अदुवाका केही स्लाइसहरू पानीमा १० मिनेटसम्म उमालेपछि मिठो चिया बन्छ । थप स्वादिलो बनाउन मह र कगतीको रस पनि राख्न सकिन्छ । यसरी बनाएको चिया दिनमा चार पटकसम्म पिउन सकिन्छ ।

 तातो दूधमा एक चिम्टी बेसार

बेसार शक्तिशाली एन्टी–इन्फ्लेमेटरी र एन्टिअक्सिडेन्ट गुणहरूको लागि परिचित छ । नेपाली भान्सा र औषधिमा बेसारको प्रयोग हुन्छ । एक कप दूध तताएर एक चम्चा बेसारको धुलो राखेर सुत्नुअघि खाँदा शरिरमा प्रतिरक्षा प्रणाली बढाउन मद्दत गर्छ । यसले खोकी पनि नियन्त्रण गर्छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ