आइतबार, ०२ कात्तिक २०८२

पायल सार्वजनिक भएसँगै मनमाेहन थपलियकाे स्वरकाे चर्चा


काठमाडौं ।  आजको साँझ एक कलिलो उमेरकी नर्तकी प्रेममा ओतप्रोत भएर हँसिलो मुद्रामा नृत्यशालामा छिरेकी छिन् । उनको मुहार उज्यालो छ, संगै हरियो पहेँलो रातो चुरीले सजिए उनको हातले आकासतिर फर्केर परम् आनन्दको भाव दर्शाई रहेकी देखिन्छिन् । 

उनी उपस्थीत सवैलाई नमन् गर्छिन् । उनको पायलको आवाजले पुरा माहोल गुञ्जिन्छ । उनको सपनाको नायक आज उनको नृत्यशालामा आइपुगेका छन् । उनको खुसीको सिमा छैन, जव उनको पायलले लगातार आवाज दिन्छ अनि वाद्यवादकहरू आ–आफ्नो वाद्यवादन वजाउन बाध्य हुन्छन् र आजको साँझ रागिनीलाई उनको पायलको धुनमा उठ्न कर लाग्छ ।

जब कल्याणको धुनमा राग गुँजिन थाल्छ, “आज पायलको धुनमा उठ्यो रागिनी । नायक नतमस्तक भएर रागको धुनमा आफुलाई कल्पना गर्न थाल्छ । उसका भावुक नजरका ती तिरले, उनका कोमल कलिला ती हातले..। नर्तकीले आफ्नो कत्थक नृत्य कलाको माध्यमबाट सवैलाई नतमस्तक बनाईदिन्छिन् ।

कणप्रीय स्वर रहेकाे पायल सार्वजनिक भएसँगै नेपाली स‌ंगीत बजारमा मनमाेहन थपलियकाे स्वरकाे चर्चा सुरु भएकाे छ । गीतमा मनमोहनको स्वार रहेकाे  उक्त गीतमा वीरभद्र आचार्यको शब्द संगीत रहेको छ । मनिषा बस्नेतले भिडियोमा अभिनय गरेकी छिन् भने निकेश खड्काको छायाङ्कन रहेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ