सोमबार, ०८ पुस २०८१

महजोडीको ‘अन्तिम प्रहसन’ भब्य


काठमाडौं, ३० कार्तिक । मह जोडीको सम्भावित अन्तिम प्रहसन ‘मह जात्रा’ पहिलो दिन भव्य भएको छ । 

हास्य–व्यंग्य क्षेत्रमा विशिष्ट स्थान बनाएको मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) को दश वर्षपछि पुनः मञ्चमा फर्केको ‘मह जात्रा’ प्रहसनको पहिलो दिन दर्शकहरूको भव्य उपस्थिति थियो । 

काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, सम्पन्न कार्यक्रमलाई मह जोडीको सम्भावित अन्तिम प्रहसन मानिएको छ । यसमा मदनकृष्ण श्रेष्ठको स्वास्थ्य चुनौतीका बाबजुद हास्य–व्यंग्यमा निरन्तरता दिने अठोटले यो प्रस्तुति विशेष बनेको छ । हाँस्य–व्यंग्यको अनौठो मिश्रणसहित प्रस्तुत गरिएको ‘मह जात्रा’ ले दर्शकलाई समाजमा विद्यमान समसामयिक मुद्दाहरूलाई हँसाउने तरिकाबाट गम्भीर रूपमा सोच्न प्रेरित गर्यो । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना, र सांस्कृतिक कुरितीहरूलाई हँसाउने शैलीमा प्रस्तुत गरेर दर्शकको मन जित्न सफल भयो । मह जोडीसँगै सहभागी किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, र विभुषा बस्नेत जस्ता चर्चित कलाकारहरूले पनि दमदार प्रस्तुति दिएका थिए । 

मिरा फाउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजित प्रहसन ३० कार्तिक ,मंसिर १, ४, ५, ६, १२, १३, १७, र १८ गतेसम्म जारी रहनेछ । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ