बुधबार, ०६ जेठ २०८३

करिष्मा ढकालकाे प्रेमजीवन छताछुल्ल


काठमाडौं । लाेक गीतकाे म्युजिक भिडियाेमा अभिनय गर्दै आएकी मोडेल करिश्मा ढकाल प्रेम जीवनका कारण गम्भिर विवादमा आएकी छिन् ।

सिंगल  रहेकाे दाबी गर्दै आएकी करिष्मा विवाहित पुरुषसँग रिलेशनमा रहेकाे घटना सार्वजनिक भएपछि उनकाे विवाद बाहिरिएकाे हाे ।

रितु विष्ट नामकी महिलाले केही दिनअघि फेसबुक लाइभमा आएर आफ्नो श्रीमान् करिश्मासँग सम्बन्धमा रहेर घरपरिवारको बिचल्ली बनाएको भन्दै टिप्पणी गरेपछि करिष्माकाे जीवनमा संकट आएकाे हाे  । रितुले श्रीमान् बिजु विष्ट र करिश्माका थुप्रै अन्तरंग तस्बिरहरू पनि सार्वजनिक गरेकी छिन् ।

यो प्रकरणले अहिले टिकटकमा निकै हलचल ल्याइरहेको छ । करिश्माले कुनै प्रतिक्रिया जनाएकी छैनन् । उनको टिकटक एकाउन्ट प्राइभेट गरिएको छ । बिजु पनि मौन छन् ।

केही दाैंतरीहरुका अनुसार करिष्मा र बिजु केही समयदेखि निकट थिए । हजार बढी भिडियाेमा अभिनय गरेकी करिष्मा लाेकगीतका लागि सफल माेडल मानिन्छिन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ