- भदौ ०२, २०८१
बलिउडकी कन्ट्रोभर्सी क्वीन तथा मण्डीबाट भाजपा सांसद बनेकी कंगना रनौत आफ्नो विवादास्पद बयानका कारण प्रायः चर्चामा आइरहन्छिन् । यसमा कुनै शंका छैन कंगना रनौत बलिउड उद्योगमा सफल अभिनेत्री हुन् र उनले धेरै फिल्ममा आफ्नो दमदार अभिनयले दर्शकको मनमा विशेष स्थान बनाएकी छिन् ।
कंगना जति आफ्नो खुला बयानका कारण चर्चामा छिन्, त्यति नै आफ्नो अफेयरका कारण पनि चर्चामा छिन् । आदित्य पञ्चोलीसँग उनको सम्बन्धको बारेमा धेरैलाई थाहा छ, तर एक समय यस्तो आयो जब उनी चर्चित विवाहित बलिउड अभिनेतासँग प्रेममा परिन् ।
उनी प्रेममा यति रमाइसकेका थिए कि रक्सीले मातेको अवस्थामा उनले अभिनेतालाई धम्की समेत दिएकी थिइन् ।
हामीले चर्चा गरेका विवाहित बलिउड अभिनेता अरु कोहि नभई अजय देवगन हुन् । हो, फिल्म ‘वन्स अपन अ टाइम इन मुम्बई’ को सुटिङका क्रममा दुवै एकअर्काको नजिक आएको बताइएको छ । सुटिङका क्रममा दुवैले एकअर्कासँग धेरै समय बिताउँथे ।
रिपोर्टका अनुसार अजय देवगन र कंगना रनौत एक अर्कासंग अनौपचारिक रूपमा डेट गरिरहेका थिए । तर, त्यतिबेला अचानक उनीहरुको अफेयरको खबर चर्चामा आयो ।
जब अजय देवगनले कंगनालाई आफ्नो फिल्ममा कास्ट गर्न निर्माताहरूलाई दबाब दिन थाले । भनिन्छ, अजयको दबाबका कारण कंगनाले अजयसँग ‘रास्कल’ र ‘तेज’ जस्ता फिल्ममा कास्ट भइन् ।
अजय देवगन र कंगना रनौतको अफेयरको खबर यति छिटो फैलियो कि अभिनेताकी पत्नी काजोलको कानसम्म पुग्यो । यस्तो अवस्थामा काजोलले कडा कारबाही गर्ने निर्णय गरिन् ।
अजयलाई स्पष्ट शब्दमा भनिएको थियो कि यदि उनले कंगनासँग काम गरे भने उनी उनलाई छोडेर बच्चाहरूलाई साथमा लैजान्छन् । पत्नी काजोलको धम्कीपछि अजयले आफ्नो परिवार छनोट गर्दै कंगनासँग दूरी कायम गर्न थाले ।
फिल्म मैगजीन स्टारडस्टका अनुसार कंगना रनौत अभिनेताको प्रेममा पागल हुन पुगेकी थिइन् । उनी कुनै पनि हालतमा उनलाई पाउन चाहन्थिन् । एक बार कंगनाले हद पार गरिन् । फिल्मको शूटिंङपछि जब अजय रातको समय होटलमा पुगे । कंगना पनि त्यहि पुगिन् । कंगना रक्सीले मातेकी थिइन् । यस्तो अवस्थामा देखेर अजयले कंगनालाई उनकै होटलमा पु¥याउन खोजेका थिए तर, कंगना मानिनन् र धम्कि दिन थालिन् ।
‘यदि हाम्रो सम्बन्धको बारेमा गम्भीरतापूर्वक सोचेनौ भने म मेरो हातको नसा काटिदिन्छु ।’ कंगनाले भनेकी थिइन् । त्यसपछि नै हो अजयले कंगनासंग भेटन छाडेको । त्यसपछि फेरी उनीहरुले संगै काम गरेका छैनन् ।
टिप्पणीहरू: