- भदौ ०२, २०८१
काठमाडाैं, १७ मंसिर । चलचित्र ‘जन्ते बाख्रो’ अभिनेत्री गरिमा शर्माले मुख्य भुमिका निर्वाह गर्ने भएकी छन्।
सिमोस सुनुवारको निर्देशनमा बन्ने फिल्ममा उनी मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा सौगात मल्ल र आशिफ शाह यसअघि नै अनुबन्ध भइसकेका छन्।
गरिमा सौगातको जोडीका रूपमा देखिनेछन्। मोडलिङबाट उदाएकी गरिमाले लन्डन टु पेरिस, वर एन्ड वधु र ह्रस्व दीर्घका काम गरिसकेकी छन्।
बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने चलन छ। त्यही कथामा आधारित कमेडी जनरामा फिल्म निर्माण गरिनेछ।
फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद छ। मुइन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्ममा सन्तोष गौतम र निर्देशक सुनुवारको लगानी छ।
टिप्पणीहरू: