बिहिबार, १५ माघ २०८२

श्वेता तिवारीले तेस्रो पटक विहे गरेकी हुन् ?


मुम्बई । बलिउड नायिका श्वेता तिवारीले तेस्रो पटक विवाह गरेका खबर अहिले भारतीय मिडियामा समाचारको विषय बनेको छ ।

केही मिडियाले श्वेताले आफु भन्दा आठ वर्ष कान्छा विशाल आदित्य सिंहसँग विवाह गरेको उल्लेख गरेका छन् । यस विषयमा श्वेताले अहिलेसम्म मुख खोलेकी छैनन् तर, विशालले टाइम्स अफ इण्डियासँग कुरा गर्दै यसमा कुनै सत्यता नभएको दावी गरेका छन् । उनले श्वेतालाई आफुले आदर सत्कार गर्ने गरेको भन्दै यस्ता विषयमा गसिप लेख्नेका विरुद्ध अदालत जाने बताएका छन् । ‘यस्ता झुठ समाचारले दुबैको परिवारमा असर पर्छ ।’ उनले भनेका छन् ।

विशालले आफुहरु एक अर्कालाई सम्मान गर्ने बताउदै आफ्नो सम्बन्ध मिडियाकर्मीले सोचे भन्दा स्वच्छ र उच्च भएको उल्लेख गरेका छन् । श्वेता र विशालले बेगुसराय सिरियलमा सँगै काम गरेका छन् । उनीहरु खतराको खिलाडीमा पनि सँगै देखिएका थिए । श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो भने दोस्रो विवाह अभिनव कोहलीसँग भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ