- भदौ ०१, २०८१
काठमाडाैं । सुब्रत आचार्यकाे निर्देशनमा चलचित्र ‘हजारौंमा एक’ बन्ने भएकाे छ ।
सञ्चारकर्मी समेत रहेका आचार्यले नयाँ फिल्म अहिलेका पुस्ताका दर्शकका लागि मन पर्ने दावी गरेका छन् । उनले भनेका छन् । 'धेरै समयपछि फेरि एउटा सिर्जनशील यात्रामा अघि बढ्ने आँट गरेको छु। ‘हजारौंमा एक’ मेरो लागि एउटा चलचित्र मात्र होइन, एउटा सपना, विश्वास र आत्मीय यात्राको सुरुवात हो।'
निर्भाना प्रोडक्सन र डीएडी प्रोडक्सनको सहकार्यमा बन्ने फिल्मलाई सुव्रत आचार्यले निर्देशन गर्नेछन् ।
एक्सन–एड्भेन्चर विधामा निर्माण हुन लागेको ‘हजारौँमा एक’ रहस्य र अलौकिक कल्पनामा आधारति रहेको निर्माण पक्षले जनाएको छ । फिल्मको कथा सीता मायाले परिकल्पना गरेकी हुन् । उनी यो फिल्मकी प्रस्तुतकर्ता समेत हुन् । दीपेन्द्र गौतम 'माइकल' कार्यकारी निर्माताको भूमिकामा रहनेछन् भने छायांकन हरि हुमागाईंले गर्ने भएका छन् ।
याे फिल्म नेपाली, हिन्दी र मलयालममा समेत बन्ने भएकाे छ। फिल्मका परिकल्पनाकार तथा मुख्य अभिनेता भारत केरलाको मलयालम फिल्म उद्योगसँग आबद्ध छन् । मलयालम फिल्म उद्योगका केही कलाकार र प्राविधिकहरूको समेत ‘हजारौँमा एक’ मा सहभागिता रहने निर्देशक आचार्यले जानकारी दिए ।
आगामी फागुनदेखि सुटिङ सुरू गर्ने तयारी भइरहेको छ ।
टिप्पणीहरू: