- भदौ ०२, २०८१
मुम्बई । बलिउडका केही कलाकारको नाम अण्डरवल्ड डन दाउड इब्राहिमको ड्रग्स सिण्डिकेट पार्टीमा जोडिएको छ । इण्डिया टुडेका अनुसार एण्टी नारकोटिक्स सेलले अगस्तमा दाउदसँग काम गर्ने ड्रग तस्कर सलीम डोलाका छोरा ताहेर डोलालाई पक्राउ गरेपछि यो भनाई सार्वजनिक भएको हो ।
रिपोर्ट अनुसार ताहेरले केही कलाकारको नाम लिएका छन् । जो ड्रग्स पार्टीमा सहभागी हुन्थे । श्रद्धा कपुर, उनका भाई सिद्धार्थ कपुर, अलीशा पारकार,नोरा फतेही, फिल्ममेकर जोडी अब्बास–मस्तान, र्यापर लोका एवं बाबा सिद्दिकीका छोरा जिशान सिद्दिकी रहेका छन् ।
श्रद्धाले सन २०१७ मा रिलिज भएको दाउद इब्राहिमकी बहिनी हसिना पारकरमा हसिनाको भुमिका निर्वाह गरेकी थिइन् । उनका भाई सिद्धार्थ कपुर दाउद इब्राहिमको भुमिकामा थिए ।
नोरा फतेहीले आफ्नो नाम उल्लेख भएकोमा आपत्ति जनाउदै यस अघि पनि यस्तै विवादमा आफ्नो नाम समावेश गरिएको भन्दै यसपटक झुट फैलन नदिने बताएकी छिन् ।
टिप्पणीहरू: