शुक्रबार, ०५ मंसिर २०८२

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि


तुलसीपुर (दाङ)। लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि सुरु हुने भएको छ।

प्रदेशसभा सचिव दुलर्भकुमार पुनका अनुसार प्रदेशसभाको सातौँ अधिवेशन ८ मङ्सिर सोमबार आह्वान गरिएको छ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोही दिन दिउँसो १ बजेदेखि अधिवेशनको आह्वान गरेको सचिव पुनले जानकारी दिए।

नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरिएको हो। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ