शनिबार, २४ जेठ २०८२

जीवनकै पहिलो अवार्ड


काठमाडौं । कलाकार शिशिर बाङदेलले जीवनमा पहिलो पटक अवार्ड पाएका छन्  । कलाकार बाङदेलले ट्रफी लिएको फोटा शेयर गर्दै निर्देशक दिपेन्द्र लामाले फेशबुकमा लोखेका छन् । ‘करिअरकै पहिलो अवार्ड जित्न सफल हुनु भएका कलाकार शिशिर बाङदेललाई बधाई ।’

बाङदेलले १६ औं डि सिने अवार्डमा चलचित्र ‘नाङ्गो गाउँ’ बाट उत्कृष्ठ खलअभिनेताको अवार्ड पाएका थिए ।

सोही कार्यक्रममा सौगात मल्ल र केकी अधिकारीले उत्कृष्ट नायक नायिकाको अवार्ड पाए । छायाँछवी क्रियशनद्धारा बुधबार कीर्तीपुर स्थित कीर्तीपुर सिनेप्लेस हलमा आयोजित कार्यक्रममा अगत्स्य बाट सौगा र प्रसाद–२ बाट केकीले अवार्ड पाएका थिए । फिल्मका विभिन्न २१ विधामा अवार्ड बाँडिएको थियो ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ