शनिबार, २४ जेठ २०८२

काँग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा समस्या छैन: गृहमन्त्री लेखक


फाइल तस्बिर

राजविराज । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा (एमाले ) बीचमा सरकार सञ्चालनका विषयमा समस्या नभएको स्पष्ट पारेका छन् ।

सप्तरीको राजविराजस्थित नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले काँग्रेस र एमाले बीचको समीकरण विघटन नहुने र  झन सुदृढ हुने बताए ।

गृहमन्त्री लेखकले भने, “देश राजनीतिक स्थायित्व र सुशासन तर्फ अगाडि बढिरहेको छ । वर्तमान सरकारले विग्रेको अर्थतन्त्रलाई सुधार गरेर लयमा ल्याउँदैछ । शान्तिप्रक्रियाको बाँकी काम टुङ्ग्याउन लागिरहेको छ ।”

उनले आवश्यक कानुन निर्माण र सङ्घीयतालाई बलियो बनाउन सरकारले उच्च प्राथमिता दिएको जानकारी दिए ।  

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ