- भदौ ०२, २०८१
मुम्बई । हिन्दी चलचित्र ‘एमएस धोनी : द अनटोल्ड स्टोरी’ मा प्रियंका झाको भुमिकामा देखिएकी थिइन् दिशा पटानी । सोझी युवतिको रुपमा चित्रित थिइन् दिशा । डेब्यु फिल्मबाटै दर्शकको मनमा बस्न सफल यी अभिनेत्रीले अभिनय गरेको फिल्मको संख्या हेर्दा चाँही हिट कम फ्लप धेरै देखिन्छ ।
३२ वर्ष प्रवेश गरेकी दिशा सामाजिक सञ्जालमा स्वास्थ्य र फिटनेशसँग सम्बन्धित भिडियोहरु सार्वजनिक गर्छिन् । हरेक दिन जिम जाने गरेकी दिशा नियमित डाइट चाट फलो गर्छिन् । फिटनेशका लागि जिम मात्रै होइन । किक बक्सिङमा पनि उनी पोख्त छिन् । मेडिटेशन उनको जीवनको अनिवार्य हिस्सा जस्तै बनेको छ । भन्छिन् ‘मेडिटेशनले मलाई मानसिक रुपले मजवुत बनाउछ ।’
उनको जन्म १३ जुन १९९२ मा उत्तर प्रदेशको बरेलीमा भएको थियो । उनको पढाई बरेलीमै पुरा भएको थियो । उनकी आमा मेडिकल सेक्टरकी हुन् भने बुबा प्रहरीका जागिरे ।
उनले सन २०१५ मा तेलुगु फिल्म ‘लोफर’बाट अभिनय सुरु गरेकी थिइन् । एक वर्षपछि स्पोट्र्स बायोपिक‘एमएस धोनी ः द अनटोल्ड स्टोरी’ मा काम गरिन् ।
कुँग फू योगा, वेलकम टु द न्युयोर्क, बागी–२, भारत, मलंग। एक भिलेन रिटन्र्स, राधेलगायतका फिल्ममा काम गरेकी छिन् ।
टिप्पणीहरू: