- असार ०६, २०८०
काठमाडौं । संसद सुचारु गर्ने विषयमा प्रतिनिधिसभाका तीन ठुला राजनीतिक दलबीच दुई बुँदे सहमति भएको छ ।
पहिलाे बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित अनियमितताका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र उक्त विषय सम्बन्धमा छानबिनका लागि सरकारले आवश्यक सहजीकरण गर्ने उल्लेख छ ।
त्यस्तै दोस्रो बुँदामा अध्यागमन र भिजिट भिसाका सम्बन्धमा देखिएका समस्या समाधान गर्न आवश्यक अध्ययन गरी नीतिगत, कानुनी र संरचनागत प्रश्नहरुमा उपयुक्त व्यवस्था/संरचनाका लागि ठोस पहल गरिने उल्लेख छ ।
कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरुले हस्ताक्षर गरे पनि रास्वपाले भने हस्ताक्षर गरेकाे छैन ।
टिप्पणीहरू: