बुधबार, २४ वैशाख २०८२

हेमा मालिनीसँग विवाह गर्न धर्मेन्द्रले हिन्दु धर्म त्यागेका थिए


मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीको विवाह भएको ४५ वर्ष पुरा भएको छ । सो अवसरमा उनकी छोरी इशा देवलले सामाजिक सञ्जालमा बा आमालाई शुभकामना दिएकी छिन् ।

इशाले आफ्नो इन्स्टाग्राममा धर्मेन्द्र र हेमाको प्रेमिल पोष्टर सार्वजनिक गरेकी छिन् । जुन तस्विरमा उनीहरु मुस्कानसहित पोज दिएर बसेका छन् ।

हेमा मालिनीका लागि धर्मेन्द्रले इस्लाम धर्म स्वीकारे

धर्मेन्द्र र हेमा मालिनीको पहिलो भेट सन १९७० मा प्रदर्शन भएको फिल्म ‘तुम हसीन मैँ जवा’ को सेटमा भएको थियो । दुबैले केही फिल्ममा सँगै काम गरे । काम गर्ने क्रममा उनीहरु एक अर्काको नजिक भए । धर्मेन्द्र विवाहित थिए । उनले हेमा मालिनीसँग विवाह गर्नकै लागि धर्म परिवर्तन गरेर इस्लाम धर्म स्वीकार गरेका थिए ।  सन १९८० मा उनीहरुको विवाह भएको थियो । उनीहरुका दुई छोरी छन् इशा र अहाना ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ