- भदौ ०२, २०८१
मुम्बई । बलिउड नायिका दिपिका पादुकोणका लागि यो वर्ष खासै राम्रो भएन ।
पछिल्लो केही समय यता उनका व्यवसायिक निष्ठाका बारेमा धेरै प्रश्नहरु उठाइए । कलाकारले आठ घन्टा मात्रै काम गर्न पाउनुपर्ने भनेकै कारण सन्दिप रेड्डी वाँगाको स्पिरिट र नाग अश्विनको फिल्म ‘कल्कि–२’ बाट बाहिरिनु प-यो ।
ति दुई फिल्मबाट बाहिरिनु आफैंमा दुःखद घटना थियो नै, काफी ट्रोल भइन् । कतिपयले उनको मागलाई मनोमानी भनेर ब्याख्या पनि गरे । तर, उनले ति प्रतिक्रियाबारे खास चासो दिइनन् र छोरी स्यहार गरेर बस्ने अभिव्यक्ति दिइन् । अहिले उनी आफ्नी छोरीसँगै रमाइरहेकी छिन् र निकै खुसी पनि ।
टिप्पणीहरू: