आइतबार, २८ असार २०८३

दीपाश्री निराैलालाई ब्रेन ट्युमर


काठमाडाैं । नायिका दीपाश्री निराैलालाई ब्रेन ट्युमर भएकाे छ । उनका सहकर्मी दिपकराज गिरीले सामाजिक सञ्जाल फेशबुक मार्फत उनलाई ब्रेन ट्युमर भएकाे जानकारी दिएका छन् ।

ब्रेन ट्युमर भएकाे पत्ता लागेपछि तुरुन्तै अप्रेशन गर्नु पर्ने सुझाव अनुरुप काठमाडाैं स्थित अन्नपूर्ण न्युराे अस्पतालमा अप्रेशन गरेकाे जानकारी गिरिले दिएका छन् ।

'सुटिङकाे बिचमा दीपाजीलाइ ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौ , तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो । धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो , तर अन्त्यमा नेपालकै अनुभवी डाक्टर बसन्त पन्तद्वारा शल्यक्रिया गर्ने निर्णय भयो ।' गिरीले लेखेका छन् ।

अहिले दिपाकाे आइसियूबाट जनरल वार्डमा उपचार भइरहेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ