शुक्रबार, ०५ मंसिर २०८२

‘मिरमिरे’मा दयाहाङ र प्रकाश सपुत मुख्य भुमिकामा


काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन् । 

जसका चलचित्रका मुख्य कलाकार फिचर्ड छन् । 

दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत र सिर्जना निङ्लेखु पोस्टरमा फिचर्ड छन् । पहिलो पोस्टरमा दयाहाङ राई र शाइसा गौचन छन् ।

मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा छन् । उनीहरू बाउ र छोरीजस्तो रहेको देखिन्छ । दुवै केही तनावमा छन् । कसैको पर्खाई वा वियोगमा रहेजस्तो देखिएको छ । दयाहाङले छोरीप्रति आमाको जिम्मेवारी पनि निभाइरहेको संकेत पोस्टरमा देखिन्छ ।

दोस्रो पोस्टरमा प्रकाश र सिर्जना छन् । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा छन् । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिएका छन् ।

यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन । उमेर हेर्दा भने प्रकाश सिर्जनाकै विद्यार्थी हुन् जस्तो देखिँदैन ।

‘मिरमिरे’ माघ १ गते रिलिज हुँदै छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत छन् । चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ