- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीलगायत स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सचेतक निश्कल राईले सुनसरी घटनाको निष्पक्ष अनुसन्धान गरी घटनाको कारण, सुरक्षा कमजोरी, अफवाहको भूमिका र राज्यको प्रक्रिया सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत घृणा र झुटा सूचना फैलाउने माथि कानुनअनुसार कारबाही गर्न माग गर्दै उनले कुनै धर्म वा समुदायलाई सामूहिक रूपमा शंकाको घेरामा नराख्न आग्रह समेत गरे ।
सरकारले गरेका सहमति, संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद् तथा नागरिकलाई स्पष्ट जानकारी दिन उनको आग्रह छ ।
राईले संवेदनशील निर्णयहरू बन्द कोठामा नभई खुला राष्ट्रिय संवादबाट हुनुपर्ने उल्लेख गर्दै असहमति वा निषेध गरेर एकता कायम हुन नसक्ने धारणा राखे । उक्त घटनामा अहिलेसम्म तीन जनाकाे गाेली लागेर मृत्यु भएकाे छ ।
टिप्पणीहरू: