- असार ०६, २०८०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा प्रधानमन्त्री बालेन शाहले जवाफ दिनैपर्ने आज पनि दाेहाेर्याएका छन् ।
प्रतिनिधि सभा बैठकमा बाेल्दै अध्यक्ष साम्पाङले आफूहरूले जति माग गरे पनि यो विषयमा संसद्मा जवाफ दिन प्रधानमन्त्री तयार नभएको र सभामुख डोलप्रसाद अर्यालले पनि रुलिङ नगरेको भन्दै उनले प्रश्न गरे ।
‘थुप्रै दिनदेखि प्रधानमन्त्रीको अभिव्यक्तिलाई सच्याउनुपर्छ भन्ने मागका साथ विरोध गरिरहेका छौं । त्यो रेकर्डबाट पनि हटाइएको छैन,’ साम्पाङले भने, ‘तपाईंलाई पनि नेपालले भारतको भूमि मिच्छ भन्ने लागेको हो र भेटाउनु भएको छैन या के हो ? यो यहाँले पनि भनिदिँदा हुन्थ्यो हामीलाई ।’
विपक्षी दलहरूले प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रश्न उठाएर रुलिङको समेत माग गर्दै आएका छन् । रुलिङ नभएपछि साम्पाङले सभामुखमाथि नै प्रश्न उठाएका हुन् ।
टिप्पणीहरू: