बुधबार, २० साउन २०८३

बागमतीमा हानेपाका शैलेन्द्रमान बज्रचार्य मन्त्री नियुक्त


काठमाडाैं ।  नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (एमाले) को सहकार्यमा बागमती प्रदेश सरकार गठनका लागि पहल सुरु हुँदा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हाम्रो नेपाली पार्टी (हानेपा)लाई सरकारमा सहभागी गराएका छन्। 

हानेपाको संसदीय दलका नेता शैलेन्द्रमान बज्रचार्यलाई मन्त्री नियुक्त गरेका छन्। अल्पमतमा परेका मुख्यमन्त्री बानियाँले विश्वासको मत पुर्‍याउन हानेपाका बज्रचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। 

यसअघि भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा रहेकी बिनु रायमाझी पौडेलले राजीनामा दिएकी छन्। 

मुख्यमन्त्री बानियाँले मंगलबार संविधानको १६८ को उपधारा ९ बमोजिम मन्त्रिपरिषद्को पुर्नगठन तथा कार्यविभाजन हानेपाका बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गर्दै प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको मुख्यमन्त्री बानियाँको सचिवालयले जनाएको छ। 

हानेपा कांग्रेस नेतृत्वको सरकारमा प्रवेश गरेसँगै अब बन्ने नयाँ गठबन्धनका लागि अर्को चुनौती थपिएको छ। हाल १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ