- असार ०६, २०८०
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको कार्यकाल मंगलबारदेखि सकिँदै छ ।
६५ वर्षे उमेर हदका कारण उनकाे अनिवार्य अवकाशमा हुन लागेकाे हाे। प्रधानन्यायाधीश राउत २०८१ असोज २० गते सर्वोच्च अदालतको नेतृत्वमा आएका थिए । अवकाशमा जाने भएपछि उनी एक महिनाअघिदेखि नै बिदामा बसेका छन् ।
राउतकाे कार्यकालमा न्यायाधीश नियुक्तिदेखि पुराना मुद्दा फर्छ्योटमा पनि प्रगति भएकाे थियाे । उनकै कार्यकालमा सर्वोच्च अदालतले आठ वर्षभन्दा पुराना मुद्दाको सुनुवाइ शून्यमा झरेको पनि घोषणा गरेको थियो ।
उनकै कार्यकालमा संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिको विवाद पनि टुंगिएको थियो ।
मंगलबारबाट सर्वोच्च अदालत नेतृत्वविहीन हुने भएकाे छ भने भावी प्रधानन्यायाधीशको नियुक्तिको गृहकार्य सुरु भएको छैन । न्यायपरिषद्ले ६ जनाको नाम सिफारिस गरे पनि संवैधानिक परिषद्को संरचना नै पूर्ण नभएकाले प्रधानन्यायधिस कहिले हुने हाे टुंगाे लागेकाे छैन ।
टिप्पणीहरू: