मङ्गलबार, १७ चैत २०८२

सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहले गरे छलफल


काठमाडौँ। प्रधानमन्त्री बालेन शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरूसँग छलफल गरेका छन्।

उनले मंगलबार सिंहदरबारमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका हुन्।

प्रधानमन्त्री शाहले सुदूरपश्चिमका समस्या र मुद्दा तथा काम गर्न सकिने सम्भावनाका बारेमा सांसदहरूसँग छलफल गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री शाहले साेमबार कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका सांसदहरूसँग छलफल गरेका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ