शुक्रबार, १६ साउन २०८२

मनै लाेभ्याउने जलजला (तस्बिरहरू)


दाङ। रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला यतिबेला  रङ्गीचङ्गी फूलहरूले सजिएको छ।

ठुलो क्षेत्रफलमा फैलिएको जलजलालाई रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाले घेरेका छन्।

समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिब ४७ हेक्टर क्षेत्रफलमा फैलिएको छ।

घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई जलजला भनिएको बताइन्छ।

तस्बिर : कुलदीप न्यौपाने/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ