मङ्गलबार, ०८ मंसिर २०८३

पश्चिम नेपालमा अनमोलको लोभलाग्दो क्रेज, बाटुलो जुन आक्रामक


काठमाडाैं ।  एक साता लामो पश्चिम नेपालका विभिन्न जिल्लाको यात्रा सकेर फिल्म ‘बाटुलो जुन’को टिम काठमाडौं फर्किएको छ । फिल्मका निर्देशक भुवन केसी, नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडासहितको टिम पश्चिम नेपालका विभिन्न शहरमा पुगेर दर्शक भेटघाटमा व्यस्त बने ।

दाङबाट सुरु भएको दर्शक भेटघाट कार्यक्रम नेपालगञ्ज, धनगढी, चितवन र पोखरासम्म चलेको थियो ।

यसअघि फिल्म ‘जेरीः अन टप’का लागि नायक अनमोल केसी दाङ र नेपालगञ्ज पुगेका थिए । तर, यसपटक भने उनी पश्चिमका अधिकांश हलमा पुगे ।

नायक अनमोल केसीको क्रेज हलमा लोभलाग्दो देखियो । उनलाई भेट्नका लागि दर्शकहरु बिहानैबाट हलमा पुगेका थिए । दिनभर अनमोल आउने आशामा अनमोलमा पुगेर बसेका दर्शक समेत हलमा भेटिएका थिए ।

पश्चिम नेपालका अधिकांश हलमा यो फिल्मले लोलभाग्दो व्यापार गरिरहेको छ । दर्शकको अथाहा प्रेम पाएका अनमोल केसी निकै खुशी देखिएका थिए । अनमोलसँग तस्वीर खिचाउन दर्शको भीड लागेको थियो ।

यस्तै, फिल्मका निर्देशक तथा नायक भुवन केसीलाई भेट्न पाउँदा पनि दर्शक निकै उत्साहित देखिएका थिए । भुवनले पश्चिम नेपालले दिएको मायाले आफू भावुक भएको सुनाए ।

पहिलो फिल्ममै नायिका प्रिन्सी खतिवडाले दर्शकको उच्च साथ पाइन् । पश्चिम नेपालका दर्शकबाट पाएको मायाले प्रिन्सी उत्साहित देखिइन् । प्रिन्सीलाई दर्शकले ‘माउसुली, छत्कुल्ली’ लगाएका नामले बोलाएका थिए ।

यो फिल्मले ११ दिनमा बक्स अफिसमा ८ करोड ३५ लाख भन्दा बढीको ग्रस कलेक्शन गरिसकेको छ । यो आक्रामक व्यापारमा पश्चिम नेपालको योगदान पनि उच्च देखिएको छ ।

जिया केसी र भविष्य खड्काको निर्माणमा विवेक थापा सह–निर्माता रहेको फिल्मको कथा सामिप्यराज तिमिल्सिना र सरिन पोखरेलले मिलेर लेखेका हुन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, युग भुसाल र एस.डी योगीको संगीत छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ