- असार ०६, २०८०
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बर १६ मा भारतबाट आफ्नो देश फर्कने बताएकी छिन्।
बंगलादेशमा १६डिसेम्बरमा 'विजय दिवस' मनाइन्छ। सन् १९७१ मा यही दिन पाकिस्तानसँगको युद्धपछि बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको थियो।समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार, हसिनाले मंगलबार आफ्नो फिर्तीको मिति घोषणा गरिन् र वर्तमान प्रधानमन्त्री तारिक रहमानलाई राष्ट्रिय वायुसेवामार्फत आफ्नो फिर्तीको प्रबन्ध मिलाइदिन आग्रह गरेकी छिन्। हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले भने, "५ अगस्ट २०२४ मा शेख हसिनालाई बंगलादेशी विमानमार्फत भारत ल्याइएको थियो। उहाँले अब दिल्लीबाट ढाकासम्मको हवाई यात्राको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभएको छ।"
हसिनाका सहयोगी अबु ओबैदा अरिनले एपीलाई बताए, "उहाँले बंगलादेश फर्कनका लागि १६ डिसेम्बर-अर्थात् 'विजय दिवस'-को मिति रोज्नु निकै अर्थपूर्ण छ।"अरिनले यो विश्वास पनि व्यक्त गरे कि हसिनाको फिर्तीपछि र उनको नेतृत्वमा, बंगलादेश पुनः शान्ति, स्थिरता र प्रगतिको बाटोमा अघि बढ्नेछ।
हसिना ५ अगस्ट २०२४ मा भारत आएकी थिइन्। त्यसबेला, विद्यार्थीको नेतृत्वमा भएको आन्दोलनका कारण उनले १५ वर्षे कार्यकालपछि पदबाट राजीनामा दिनुपरेकाे थियाे । आन्दोलनका क्रममा सयौं प्रदर्शनकारीहरू मारिएका थिए।मानवता विरुद्धको अपराधमा हसिनालाई उनको अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकाे छ। उनले यो फैसलालाई अस्वीकार गरेकी छिन् र बंगलादेश फर्किएपछि आफ्नो धारणा राख्ने बताएकी छिन् ।
टिप्पणीहरू: