- भदौ ०२, २०८१
मुम्बई । नेटफ्लिक्सको सिरिज ‘डब्बा कार्टेल’ बाट चर्चित हुन पुगेकी छिन् अञ्जनी आनन्द । एक पडकास्टमा उनले नीजी जीवनका बारेमा खुलेर कुरा गर्दै जीवनमा भोगेको केही अध्यारा पाटाहरुबारे सुनाइन् ।
उनको भनाई अनुसार बचपनमै डान्स शिक्षकले उनको यौन शोषण गरेका थिए । जुन ६ वर्षसम्म जारी रह्यो ।
हाउटरफ्लाई पडकास्टमा कुरा गर्दै अञ्जलीले भनिन् ‘म आठ वर्षकी थिए । मेरो बाबाको निधन भएपछि म माथी ज्यादती भएको थियो । ‘सुरुमा मेरो शिक्षकले मलाई म बाबा जस्तै हुँ भने र क्रमश मलाई शोषण गर्न थाले ।’ उनले भनिन् ‘मलाई पहिला गालामा अनि ओठमा चुम्बन गरे ।’ त्यति बेला उनलाई थाहा थिएन । किन त्यस्तो गरे । उनले जो माग्थिन् त्यो ल्याइदिन्थे ति शिक्षकले ।
अञ्जलीको भनाई अनुसार ति प्रशिक्षकले उनलाई घेराबन्दीमा राखे । यतिसम्म कि स्कुलबाट आएपछि बाहिर नजाओस् भनेर ट्युशन टिचर पनि घरमै बोलाइदिन्थे ।
धर्मा प्रोडक्सनको फिल्म ‘रकि और रानीकी प्रेमकहानी’बाट उनले करिअर सुरु गरेकी थिइन् । जुन फिल्मको निर्देशन करण जौहरले गरेका थिए । जुन फिल्ममा अञ्जलीले रणबीर सिंहको बहिनीको भुमिका निर्वाह गरेकी छिन् । अहिले आएको सिरिज ‘रात जवान है र डब्बा कार्टेल’ मा उनको भुमिकाको तारिफ भइरहेको छ ।
टिप्पणीहरू: