- असार ०७, २०८०
काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले बक्याैता उठाउने आफ्नाे प्रयास नै पदबाट हट्नुपर्ने मुख्य कारण बनेकाे बताएका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै घिसिङले विद्युत् बक्यौता उठाएकै कारण आफूलाई सरकारले पदबाट हटाएको बताएका हुन् ।
‘‘बक्यौता उठाउने मेरो प्रयास नै म पदबाट हट्नुपर्ने मुख्य कारण बनेको छ’, घिसिङले भने, ‘सार्वजनिक संस्थानकाे बक्याैता उठाउने मेराे प्रयास राज्यविरूद्दकाे अपराध हाे? यसकाे जवाफ पनि नेपाली जनता र इतिहासले आगामी दिनका अवश्य माग्नेछ ।’
उनले डेडिकेटेड र ट्रङ्क लाइनकाे महसुल प्राधिकरणकले लहडमा उठाउन खाेजेकाे नभइ अदालतकाे स्वीकृतिबाट उठाउने प्रयास गरेकाे बताए ।
उनले भने, ‘डेडिकेटेड र ट्रङ्क लाइनकाे प्रिमियम महसुल प्राधिकरणकले लहडमा उठाउन खाेजेकाे हाेइन । यसलाई सर्वाेच्च अदालतदेखि जिल्ला अदालतसम्मबाट पनि स्वीकृति मिलेकाे हाे ।’
आफूलाई मुख्य कामबाट अलमल्याउन सरकारले पटकसम्म स्पष्टीकरण साेधेकाेसमेत उनले दाबी गरे । घिसिङले आफूले बक्याैता असुलीकाे प्रयास गरिरहेकाेमा पटकपटक गरी माथिल्लाे निकायबाट नै अवराेध सिर्जना भएकाे बताए ।
‘महसुल उठाउने काममा सक्रिय मलाई ६ पटकसम्म स्पष्टीकरण माग गर्ने र हजाराैँ पृष्ठका कागजात संग्रह गरी विवरण पेस गर्न लगाइ मुख्य कामबाट अलमल्याउने प्रयत्न भइरहेकाे थियाे । प्राधिकरणकले पटक पटक गरी ४ पटकसम्म लाइन विच्छेद तथा अन्य विकल्पसमेत अवलम्बन गरी बक्याैता असुलीकाे प्रयास गरिरहेकाेमा पटकपटक गरी माथिल्लाे निकायबाट नै अवराेध सिर्जना भएकाे कुरा सबैमा जानकारी नै छ’ , उनले भने, ‘लाइन विच्छेद गरी बक्याैता असुली गर्ने सहमतिकाे लागि मैले विद्युत् नियमन आयाेगलाई २०८१ चैत ११ गते पत्राचार गरेकाे थिएँ । त्यसलगत्तै मलाई बर्खास्त गर्न निर्णय मन्त्रिपरिषद्बाट भएकाे हाे ।’
टिप्पणीहरू: