- असार ०६, २०८०
काठमाडौं। सरकारले सामाजिक सञ्जाल बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी पुस्ताको कार्यक्रम काठमाडौं माइतीघरबाट सुरु भएको छ।
बिहान ११ बजे सुरु हुने कार्यक्रमका लागि विद्यार्थीहरु विद्यालय पोशाकमै जम्मा भएर प्ले कार्ड लिएर उभिन थालिसकेका छन्।
कता हिँडेको ट्याक्स लुटेर, इफ यु व्याण्ड अनलाइन वील कम अफ लाइन, वी आर सोसल मिडिया लभर से नोटु करप्सन, जेनजी पुस्ता चिच्याउँछ,भ्रष्टहरुलाई गिज्याउछलगायतका नारा लेखेका प्लेकार्ड बोकेर उभिएका छन्।
टिप्पणीहरू: