सोमबार, २३ भदौ २०८२

१२:३० देखि राति १० बजेसम्म काठमाडाैँका यी स्थानमा कर्फ्यु आदेश


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडाैंले काठमाडौँका विभिन्न निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म कर्फ्यु आदेश जारी भएकाे छ ।

त्यस्तै बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ