- असार ०६, २०८०
काठमाडौं । काठमाडौंको शंखमुलान रहेकाे भ्याली ब्वाइज होस्टलमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ।
काठमाडौं महानगरपालिका-१० शंखमुलको रहेकाे होस्टलमा बस्ने दाङ घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको हो।
उनीमाथि सोही होस्टलमा बस्ने बाराको कलैया उपमहानगरपालिका ३ का १८ वर्षीय शेखर यादव र २० वर्षका प्रमित पटेलले धारिलो हतियार प्रहार गरी कुटपिट गरेका थिए।
घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र घाँटीमा गम्भीर चोट लागेका उनको उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ भने प्रमित पटेल फरार छन् ।
टिप्पणीहरू: