- असार ०६, २०८०
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय सदस्यमा १३ जना थपिएका छन्।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले १३ जनालाई सचिवालय सदस्यमा थप गर्ने निर्णय गरेको हो।
पुरुषोत्तम यादव, शिशिर खनाल, गणेश पराजुली, कबिन्द्र बुर्लाकोटी, मनिष झा, विराजभक्त श्रेष्ठ, लीमा अधिकारी, दीपकराज बोहोरा, समीक्षा बास्कोटा, इन्दिरा राना, शिव नेपाली, जगदीश खरेल (ललितपुर) र मनोहर प्रधान छन्।
साउन १३ गते बसेको केन्द्रीय समिति बैठकले ५ जना सचिवालय सदस्य बनाएको थियो।
टिप्पणीहरू: