- भदौ ०२, २०८१
मुम्बई । ऐश्वर्या राय र सलमान खानको प्रेमकथाका बारेमा नेपालका भारतका दर्शक लगभग जानकार छन् । यो प्रेमकहानीको दुःखद अन्त्य भएको पनि २४ वर्ष भैसकेको छ । सन २००१ मा उनीहरुको ब्रेकअप भएको थियो ।
ऐश्वर्यासंग ब्रेकअप भएपछि निकै दुःखी भएका थिए सलमान । केही भारतीय मिडियाले त उनी डिप्रेशनमा गएको समेत उल्लेख गरेका छन् । सलमानसंग छुट्टिए लगत्तै ऐश्वर्या विवेक ओबरायसंग नजिकिएकी थिइन् ।
ज्ब ऐश्वर्या विवेक नजिक भएको थाहा पाए सलमानले विवेकको घरमै गएर थर्काए । उक्त घटनाको विवेकले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेपछि ऐश्वर्याले विवेकसंग दुरी बढाएकी थिइन् ।
भारतिय मिडियाका अनुसार सलमान ऐश्वर्याको सम्बन्ध टुट्नुको मुख्य कारण सलमानले ऐश्वर्यालाई दिएको विवाहको दवाव थियो । सलमान ऐश्वर्यासंग विवाह गरेर घरजम गर्न चाहन्थे तर, ऐश्वर्यामा बलिउडको नम्बर वान हिरोइन बन्ने महत्वकांक्षा थियो । यहि विषयमा झगडा बढ्दै जाँदा उनीहरु सम्बन्धमा ब्रेक गर्ने अवस्थामा पुगेका थिए ।
टिप्पणीहरू: