सोमबार, ०८ पुस २०८१

युराेप पठाइदिन्छु भन्दै ठगेकाे आराेपमा 'इकु' पक्राउ


काठमाण्डाै, २६ भदाै । कलाकार सुलेमान शंकर 'इकु' पक्राउ परेका छन् । 

कलाकार भिसामा युरोप पठाइदिने भनेर विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

४० वर्षीय इकुले युरोपका विभिन्न देशमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकारका लागि कलाकार भिसामा लैजानेभन्दै प्रति व्यक्ती १५ देखि २० लाख रुपैयाँसम्म लिएको सीआईबीको दाबी छ।

प्रहरीका अनुसार इकुले उनको नाममा रहेको एसएमएस फ्लिम्स प्रालीका नाममा पीडितलाई पैसा जम्मा गर्न लगाएका थिए। कलाकार भिसामा लैजान्छु भन्दै पैसा लिइएका व्यक्तिहरू जान नपाएपछि प्रहरी सम्पर्कमा पुगेका थिए।

हाँस्य टेलिश्रृङ्खला मेरी बास्सैमा इकुकाे भुमिका निर्वाह गरेपछि उनी चर्चामा आएका थिए । उनी फिल्म निर्माता पनि हुन् । इकु र इकु ब्याक अगेन दुई चलचित्र निर्माण गरेका छन् । पहिलाे चलचित्र व्यवसायिक रुपमा सफल भएपछि दाेस्राे चलचित्र बनाएका सुलेमान दाेस्राे चलचित्रबाट आर्थिक नाेक्सानी सहन वाध्य भएका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ