शुक्रबार, २९ चैत २०८१

यी हुन् भारतको रेल दुर्घटनामा ज्यान गुमाउने नेपालीहरु


काठमाडौँ। भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी चार नेपालीसहित १३ जना ज्यान गएको छ।

बुधबार राति भएकाे रेल दुर्घटनामा परी ज्यान गुमाएका १३ जनामध्ये चार जना नेपाली पुष्टि भएकाे भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

ज्यान गुमाउने नेपालीहरुमा कमला भण्डारी,  लच्छीराम पाशी, हिमु विश्वकर्मा र नन्दराम विश्वकर्मा रहेकाे छन्। दुर्घटनामा अन्य नेपालीहरु पनि परेकाे आशंका गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पुष्पक एक्सप्रेस रेलमा आगो लागेको हल्ला फैलिएपछि रेलमा सवार यात्रुहरू आगोबाट जोगिन हामफाल्ने क्रममा नजिकैको ट्र्याकमा विपरित दिशाबाट आइरहेको कर्नाटक एक्सप्रेस रेलमा ठोक्किएका थिए।

अहिलेसम्म उक्त पुष्पक रेलमा वास्तविक रुपमा नै आगो लागेको थियो या थिएन भन्ने प्रस्ट भइनसकेको  बीबीसीले जनाएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ