- असार ०७, २०८०
दमक। झापाको दमक ६ स्थित ढावा होटल एण्ड लजमा आज एक महिला मृत फेला परेकी छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार झापा,शिवसताक्षी नगरपालिका वडा न. ११ ब्याङडाडा घर भएकी अन्दाजी २७ वर्षीया करिश्मा निरौला मृत भेटिएकी हुन् ।
होटलको कोठामा उनी झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले जनाएको छ ।
ती महिला शनिबार दिउँसो करिब १ बजेतिर होटलको कोठा लिएर बसेकी थिइन् । आइतबार दिउँसोसम्म सो कोठाको ढोका नखुलेपछि प्रहरी बोलाएर ढोका खोल्दा उनी गलामा पासो लगाएर पंखामा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि परिवारसँग समन्वय गरेको छ । ती महिला विवाहित भए पनि यसअघि नै सम्बन्ध विच्छेद गरिसकेकी बताइएको छ ।
उनी हालसालै वैदेशिक रोजगारबाट घर फर्किएकी थिइन् । होटल व्यवसायी संघका प्रदेश अध्यक्ष राजन दंगालका अनुसार ती महिला कोठामा बस्नका लागि एक्लै आएकी थिइन् ।
उनको मृत्यु सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धानसहि कानूनी प्रक्रिया अघि बढाएको जनाइएको छ ।
टिप्पणीहरू: