शुक्रबार, १४ कात्तिक २०८२

मिथुनकी बुहारीले १७ वर्षकै उमेरमा किन छाडिन् दक्षिण भारतीय फिल्म ?


मुम्बई । बलिउड अभिनेता मिथुन चक्रबर्तीकी बुहारी मदालसा शर्माले १६ वर्षकै उमेरमा दक्षिण भारतीय फिल्ममा करिअर सुरु गरेकी थिइन् । तर, धेरैसमय रमाउन सकिनन् । बलिउडमा जोडिइहालिन् । एक च्यानललाई इन्टरभ्यु दिँदै उनले भनेकी छिन् कतिपय असहज घटनाक्रमले साउथ फिल्म उद्योग छाड्न वाध्य भएँ ।

फिल्म उद्योगमा प्रवेश गरेपछि हैदराबाद, चेन्नई, रामोजी फिल्म सिटी गैरहन पथ्र्यो । उनलाई घरको निकै याद आउथ्यो । त्यसका साथै १७ वर्षको उमेरमा उनी काष्टिङ काउचको शिकार भइन् । ‘म १७ वर्षको थिएँ । केही कुराकानी मलाई निकै असहज लाग्यो । अनि मैले सोचेँ अब म यहाँ कहिल्यै काम गर्दिन ।’

उनले सन २००९ मा तेलुगु फिल्म फिटिङ मास्टरबाट करिअर सुरु गरेकी थिइन् । केही कन्नड र तमिल फिल्ममा पनि काम गरेकी थिइन् । तर, उनको चर्चा टिभी शो अनुपमा बाट भएको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ