- भदौ ०१, २०८१
काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको आज बिहान निधन भएको छ ।
हृदयाघातपछि आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएका थापाको निधन भएको हो ।
कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार थापाको परिवार विदेशमा छन् । श्रीमती र छोरा मुम्बाईमा बस्दै आएका छन् ।
परिवारका सदस्य नेपाल आएपछि मात्रै मात्रै अस्पतालले आधिकारिक घोषणा गर्ने भएकाे छ ।
भिडियो फिल्म मसालबाट नेपाली चलचित्रको यात्रा शुरू गरेका उनी चलचित्र चिनोको ‘राते काइला’को भूमिकाले बढी चिनिन्छन् ।
उनले एक सयम बढी चलचित्रमा अभिनय गरेका छन् । नेपाली चलचित्र बुहारीका निर्माता समेत रहेका थापाले चर्चित हिन्दी चलचित्र मेरी काेममा प्रियंका चाेपडासँग काम गरेका छन् ।
टिप्पणीहरू: